Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, ३० फगुन । गौरादह १ स्थित शैनिक टोलमा रहेको मोक्षेश्वर शिवालय मन्दिरमा सन्चालन भएको शिव महापुराण आज समापन भएको छ । फागुन २० गते बाट शुरु भएको पुराण ३० गते समापन भएको हो ।

निर्माणधिन मन्दिर लाई पुरा गर्न तथा अक्षयकोष व्यवस्थापन गर्ने उद्देश्यले सन्चालन गरिएको पुराणमा करिब ११ लाख नगद सहित ७० मन धान र ३ मन चामल संकलन भएको मन्दिरका अध्यक्ष इन्दिरा बिस्टले जानकारी दिनुभयो । मन्दिर निर्माण र पुजापाठ मा सहयोग गर्ने उद्देश्यले आर्थिक संकलन गर्न पुराण सञ्चालन गरिएको जानकारी दिनुभयो ।

पुराण अवधिभर प्रमुख वाचक आचार्य श्री आषुतोष खनाल तथा उपवाचक पण्डित श्री दुर्गा प्रसाद दाहालले शिव महापुराण संगितमय कथा वाचन पाठ गर्नु भएको थियो ।

मोक्षेश्वर शिवालय मन्दिरका अध्यक्ष इन्दिरा बिष्टको सभापतित्व्मा सम्पन्न पुराणमा देवेन्द्र खड्का, जुद्ध बहादुर बिष्ट लगायतले मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया