Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, ३० फागुन । झापाको गौरादहमा सामुदायीक मेलमीलाप सम्बन्धि ४८ घण्टे तालिम सम्पन्न भएको छ ।

गौरादह नगरपालिका न्यायिक समितिले आयोजना गरेको तालिममा नगरपालिका भित्रका मेलमिलाप समितिका प्रत्येक वडाबाट ५ जनाका दरले ४५ जना को सहभागिता रहेको थियो ।

प्राकृतिक द्वन्द रुपान्तरण केन्द्र कि स्रोत व्यक्ति संगिता थापाले गाउँघरमा हुने झैझगडा तथा देवानी प्रकृतिका मुद्दाहरुमा दुवै पक्षलाई जित दिलाउने तरीकाको बारेमा जानकारी गराएकी थिइन् । नेपालको संविधानको धाराको २१७ मा भएको न्यायिक समितिको व्यवस्था र स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ८ को दफा ४६ देखी ५३ सम्म भएको न्याय सम्पादन कार्यविधिको बारेमा सहभागीहरुलाई जानकारी गराएकी थिइन् ।

न्यायीक समिति संयोजक गीता भेटवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य दिपक कार्की प्रमुख अतिथि रहेका थिए । त्यसअवसरमा गौरादह नगरपालिका मेयर रोहित कुमार शाह, वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, शिक्षा उपसचिव टेकनाथ रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए । न्यायिक समिति सदस्य गजेन्द्र घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रममा न्यायीक समिति उजुरी प्रशासक हेमराज वनले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया