Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, ३० फागुन । गौरादह बहुमुखी क्याम्पसको नयाँ भवन शिलान्यास गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले एक कार्यक्रमका बीच भवनको शिलान्यास गरेका हुन् ।

गौरादह बहुमुखी क्याम्पसको २९ औं वार्षीक उत्सवको अवसरमा नयाँ भवनको शिलान्यास गरिएको हो । बहुमुखी क्याम्पस रहेको स्थानमा त्रिभुवन विश्वविद्यालय आँगीक क्याम्पसको रुपमा कृषि क्याम्पस सञ्चालनमा आएपछि बहुमुखी क्याम्पस स्थानान्तरण गरिने भएको हो ।

क्याम्पसलाई गौरादह वडा नं. २ मा अमर आधारभुत विद्यालयको पछाडी २ कठ्ठा १० धुर जग्गामा भवन निर्माण गर्न लागिएको क्याम्पस प्रमुख हिन्द बहादुर दाहालले जानकारी गराए । भवन २ वर्ष भित्रमा निर्माण कार्य सम्पन्न गरिने र भवन निर्माण नहुन्जेल सम्म विद्यार्थीहरुलाई कृषि क्याम्पस भवनमा नै अध्यापन गराइने प्रमुख दाहालले बताए ।

भवन शिलान्यास गर्दै कानुन मन्त्री कार्कीले वर्तमान परिस्थीतिमा प्राविधिक विषयको सबैतिर माग भइरहेकाले शैद्धान्तिक शिक्षालाई क्रमश विस्थापित गर्दै प्राविधिक शिक्षालाई सञ्चालन गरिने बताए । नयाँ क्याम्पस भवन बन्न लाग्ने आवश्यक रकम प्रदेश सरकारले विनियोजित गर्ने जानकारी गराए ।

गौरादह नगरपालिका का मेयर रोहित कुमार शाहले बहुमुखी क्याम्पस भवन निर्माणको लागि अघिल्लो आर्थिक वर्षमा ३५ लाख निकासा भइसकेको र यस आर्थिक वर्षमा २० लाख नगरपालिकाले विनियोजित गरेको बताए । नगरपालिकाको माग बमोजिम प्रदेश सरकारले १ करोड ३० लाख निकासा भएको मेयर शाहले बताए ।

त्यसअवसरमा क्याम्पस प्रमुख दाहालले क्याम्पसको अवस्था र ७५ असार मसान्त सम्मको प्राप्ती भुक्तानी विवरणको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसअवसरमा संविधान सभा सदस्य दिपक कार्की, नेकपा का पुष्प ढकाल, नेपाली काँग्रेसका यादवराज सेडाईं, स्ववियु सभापति कमल पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । पूर्व क्याम्पस प्रमुख गोपाल काफ्लेले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्राध्यापक खगेन्द्र न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए

तपाईको प्रतिक्रिया