Online Bichar
बिहिबार, आश्विन २२, २०८३ | Thursday, October 8, 2026

चितवन, ११ असोज २०८३ । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएसँगै पोखरातर्फ जाने सवारी तथा ढुवानीका साधन चल्न थालेका हुन् ।

सडक डिभिजन कार्यालय चितवनका अनुसार, बिहान ७ः५५ बजे सो खोलामा लेदोसहितको पहिरो खसेको थियो । कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार, दिउँसो १२ः१५ बजेको समयमा सडक सञ्चालनमा आएको हो ।

योसँगै पोखराबाट नारायणगढतर्फ आउने र नारायणगढबाट पोखरातर्फ जाने सवारी तथा ढुवानीका साधन गन्तव्यतर्फ आवतजावत गरिरहेका छन् ।रासस

 

तपाईको प्रतिक्रिया