काठमाडौं, २१ असोज २०८३ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापालाई सरकारले नियमित काम भनेको छ ।
सरकारी निकायले गर्ने नियमित काममा सरकारको हस्तक्षेप नहुने प्रवक्ता सस्मित पोखरेलले बताए । ”उहाँको घरमा भएका गतिविधिबारे सम्पत्ति शुद्धीकरण विभागले नै जवाफ दिनेछ । यो सरकारी निकायले गर्ने नियमित काम हो। यसमा सरकारको कुनै हस्तक्षेप हुँदैन,” उनले भने ।
सम्पत्ति शुद्धीकरण विभागले बुधबार राणासहित उनीसँग जोडिएका पाँचजनाको घरमा एकसाथ छापा मारेको थियो । असोज ११ गते राणालाई पक्राउ गरी अपराध अनुसन्धान कार्यालयमा राखिएको थियो ।
चौतर्फी विरोधपछि सरकारले सुरक्षा कारणले प्रहरी कार्यालयमा ल्याएको प्रस्टीकरण दिएको थियो । बुधबार जबराको निवासमा खानतलासी भएको हो ।






