Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

ताप्लेजुङ, ३० फागुन । जिल्ला अस्पताल ताप्लेजुङको शवगृहमा चार दिनदेखि महिलाको शव अलपत्र परेको छ। मिक्वाखोला गाउँपालिका-४ साँवामा फागुन २६ गते बेवारिसे अवस्थामा फेला परेको अन्दाजी ४० वर्षीया महिलाको शव प्रहरीले शव गृहमा ल्याएर राखेको थियो।

शव पहिचान गर्ने कुनै प्रमाण फेला नपरेपछि तत्काल हुलियासहित आफन्तको खोजीका लागि प्रहरीले सञ्चार माध्यममा सूचना जारी गरेपनि बिहीबारसम्म कोही सम्पर्कमा नआएको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी सञ्जयसिंह थापाले जानकारी दिए।

बेवारिसे शव भेटिए सात दिनसम्म सार्वजनिक सूचना प्रवाह गरेर पहिचानको प्रयास गर्ने र आफन्त फेला नपरे कानुनी प्रक्रिया पुर्‍याएर शवलाई अन्त्येष्टि गर्ने व्यवस्था छ।शव तराई मुलकोजस्तो देखिने प्रहरीले जनाएको छ।
अन्नपूर्णपोस्ट

तपाईको प्रतिक्रिया