Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

धरान, ३० फागुन । उदयपुरको कटारी नगरपालिका — २ देवीधाप स्थित सडकमा वम भेटिएको छ ।
नेकपा९विप्लव०कोले आज आव्हान गरेको नेपाल बन्दलाई लक्षित गरेर वम राखिएको हुन सक्ने प्ररहीले बताएको छ । मारुती सिमेन्ट उद्योगलाई कच्चा पर्दाथ(चुन ढुगा)सप्लाई गर्ने शिवम मल्टिर्पस प्रालिको गेटे अगाडी वम राखिएको इलाक प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ ।
वम डिस्पोजलका लागि नेपाली सेनाको डिस्पोजल टोलीलाई खवर गरिएको प्रहरीले जनाएको छ ।

डिस्पोजका लागि सेनाको वेलसोत स्थित कालिसिद्धि इन्जिनियरि¨ गणको डिस्पोजल टोली घटनास्थल पुगेको छ ।
यसै बिचमा विप्लपले आव्हान गरेको बन्दको कारण आज प्रदेश १ का जिल्लाहरु बन्द छन् । पसल, यातायातका साधान चलेका छैनन । धरान, इटहरी, झापा, उदयपुर, धनकुटालगायतका स्थान बन्द रेहको जिल्ला स्थित प्रतिनीधिहरुले जनाएका छन् । त्यसैगरि ग्रामिण क्षेत्रबाट सचालन हुने सम्पूण यातायात ठप्प भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया