Online Bichar
मंगलबार, आश्विन ०६, २०८३ | Tuesday, September 22, 2026

झापा, ५ असोज २०८३ । लागूऔषध लिन गएका तीन नेपाली युवक भारतको दिघलबैकमा पक्राउ परेका छन् । भारत–नेपाल सीमामा लागूऔषधविरुद्ध अभियान चलाइरहेको एसएसबीको १२ औ वाहिनी बीओपी बालुबाड़ी ‘ए’ कम्पनी मोहमारी र दिघलबैंक प्रहरीले संयुक्तरुपमा तीनजना नेपाली युवकलाई पक्राउ गरेका हुन् ।

उनीहरुको साथबाट ४७।३ ग्राम ब्राउन सुगर बरामद भएको छ । पक्राउ पर्नेहरु झापाको भएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया