Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

दाङ, २९ फागुन । दाङ राजपुर गाउँपालिका–५ नौशहरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ईनारबाट पानी तान्न जडान गरिएको मोटरबाट करेन्ट लागेर स्थानिय २० वर्षीय कामेश्वर यादवको मृत्यु भएको हो । करेन्ट लागेर यादव ईनारमा खसेका थिए ।

घरमा यादवको दाईको विवाहको उत्सव चलिरहेको थियो । जन्ती बेहुली लिन प्रस्थान गर्ने क्रममा बेहुलाका भाइ कामेश्वर यादवको करेन्ट लागेर मृत्युु भएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

बेहुलाका भाइको मृत्यु भएपछि विवाहस्थल शोकमा डुबेको छ । शवलाई थप परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया