काठमाडौं, ३० भदौ २०८३ । काठमाडौंको माइतीघर मण्डलामा राति टेन्ट टाँगेर धर्नामा नबस्न प्रहरीले माइकिङ गरेको छ । आज रातिबाट माइतीघर क्षेत्रमा कोही पनि धर्ना बस्नका लागि टेन्ट टाँगेर बस्न नपाउने भएका हुन् । अहिले सो क्षेत्र खाली गराउनका लागि प्रहरीले माइकिङ गरिरहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेका अनुसार, रातिको समयमा टेन्ट गरेर नबस्नका लागि आग्रह गरिएको हो ।
‘राति टेन्ट टाँगेर बस्दा उहाँहरूको असुरक्षा हुने भयो । स्वास्थ्यमा पनि समस्या हुने भयो,’ उनले भने, ‘दिउँसो भने कुनै कार्यक्रम राख्नका लागि रोकेका छैनौं ।’ उनका अनुसार, दिउँसो पनि टेन्ट नै टाँगेर भने धर्नामा बस्न नपाइने भएको हो ।
माइतीघरमा दिनहुँ जसो धर्ना, आन्दोलन गर्न भन्दै टेन्ट टाँगेर बसिरहेका हुन्थे । उनीहरूलाई हट्न प्रहरीले भनेको हो ।






