Online Bichar
बुधबार, भाद्र ३१, २०८३ | Wednesday, September 16, 2026

काठमाडौं, ३० भदौ २०८३ । सेयर बजार सुर्धाने सरकारका २१ बुँदे कार्ययोजनाले सेयर बजारमा सकारात्मक प्रभाव दिएको छ। विभिन्न कारणले निरन्तर दबाबमा रहेको सेयर बजारलाई माथि उठाउने उद्देश्यले सरकारले २१ बुँदे कार्ययोजना ल्याएको हो।

कार्ययोजनाले आम लगानीकर्ताहरूमा उत्साह देखिएपछि सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ। मंगलबार नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा पुगेको हो। यसदिन ३४७ वटा स्क्रिप्सको २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता सेयर ८ अर्ब २९ करोड १७ हजार ११५ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये २६५ वटा स्टक्सको मूल्य बढ्दा १२ वटाको घट्यो। १ स्टकको मूल्य भने यसदिन स्थिर रह्यो।

नेप्से परिसूचक उच्च अंकले वृद्धि भएपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक १४.९६ प्रतिशतले बढ्यो। सिन्धु विकास बैंकको सेयर ११.०३ प्रतिशतले बढ्दा मल्टिप्रपोज फाइनान्स कम्पनीको सेयर ९.७३ प्रतिशत र जानकी फाइनान्सको ८.०६ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा रिलाइन्स स्पिनिङ्गस शीर्षस्थानमा रह्यो । सो कम्पनीले ३२ करोडको मूल्य बराबरको सेयर कारोबार भयो।

यसैगरी शिवम् सिमेन्टले ३१ करोडको सेयर कारोबार गर्दा अपी पावरको २८ करोड,एनआरएन एन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २८ करोड र लिबर्टी इनर्जीको २७ करोड मूल्य बराबरको कारोबार भयो।

यसदिन १३ वटै समूहको उपसूचक सकारात्मक देखिए। फाइनान्स,इन्भेस्टमेन्ट,लाइफ इन्स्योरेन्स,नन लाइफ इन्स्योरेन्सको उपसूचक २ प्रतिशतले बढिले वृद्धि भए। सेयर बजार सुर्धाने सरकारका २१ बुँदे कार्ययोजनाले सेयर बजारमा सकारात्मक प्रभाव दिएको छ।

 

तपाईको प्रतिक्रिया