Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २९ फागुन । एक पूर्व न्यायाधीश काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य दाजुभाइले आफ्नो जग्गा मिच्न खोजेको भन्दै मुद्दासहित अदालत पुगेका छन् । पूर्व न्यायाधीश चित्रदेव जोशी मेयरका दाजु सुगन्धरत्न शाक्यविरुद्ध मुद्दा लड्दैछन् ।

उच्च अदालत पाटनबाट डेढ वर्षअघि सेवानिवृत्त भएका न्यायाधीश जोशीले आफ्नो जग्गा जबर्जस्ती लिन खोजेको दाबीसहित खिचोला मेटाइ पाऊँ भन्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका हुन् । काठमाडौं २ लाजिम्पाटमा मेयर शाक्य दाजुभाइ र पूर्वन्यायाधीश जोशीको साँध जोडिएको जग्गा छ। त्यसै जग्गामा विवाद हुँदा उनी अदालत पुगेका हुन् ।

शाक्यको जग्गामा पुग्न जोशीको जग्गा हुँदै बाटो लैजानुपर्ने भएकाले व्यक्तिगत प्रयोजनका लागि जग्गा मिचिन लागेको भन्दै उनी अदालत पुगेका हुन् । जोशीले आफ्नो जग्गामा पर्खाल लगाउन खोज्दा राजनीति र शक्तिको आडमा मेयरका दाजुले काम गर्न नदिएको आरोप लगाए ।

‘उनको जग्गामा मोटरबाटो पुर्याउने प्रयास गर्दा मेरो जग्गा मिचिने भएकाले म न्यायका लागि अदालत आएको हुँ’, पूर्वन्यायाधीश जोशीले भने । बाटोले काटेको जग्गा आफूलाई अर्को तर्फबाट दिनुपर्ने जोशीले माग गरेका छन् । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया