Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा-  झापाको दमकमा भोलि पौष २७ बाट संचालन हुनलागेको पाँचौ “दमक महोत्सव २०७४”को उद्घाटन माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने जनाइएको छ ।

दमक उद्योग बाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग बाणिज्य संघ दमकको आयोजनामा भोलि बिहिबार देखि माघ ८ सम्म महोत्सव संचालन हुने भएको हो । सो महोत्सवको सम्पूर्ण तयारी पूरा भएको तथा उद्घााटनको अवसरमा दमक बजारलाई हेलिकोप्टरवाट पुष्प वृष्टी समेत गराइने र हेलिकोप्टरवाट नै फूलका माला र पुष्पवृष्टी गरेर प्रमुख अतिथि र अतिथि हरुको स्वागत गरिने समेत दमकब उद्योग बणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले जानकारी दिए ।

दमक नगरपालिका संरक्षक रहेको महोत्सवमा १ सय ५२ वटा विभिन्न स्टलहरु रहने र महोत्सवको तयारी अन्तिम अवस्थामा पुगेको महोत्सवका संयोजक राजन दंगालले जानकारी दिए ।
दमकको पहिचान र गौरवको रुपमा हुन लागेको दमक महोत्सवको उद्घाटन गर्न पुष २७ गते प्रचण्ड दमक आउने भएका हुन् । साथमा उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणालगायतका उद्योगी,व्यवसायीहरुको सहभागी हुने बताइएको छ ।

प्रचण्डले यसअघि २०६५ सालमा दमक उद्योग वाणिज्य संघले आयोजना गरेको तश्रो दमक महोत्सवको समेत उद्घाटन गरेका थिए । विगतका महोत्सवहरु भन्दा यसपटकको महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न संघले आवश्यक तयारी तीव्र बनाएको छ ।

तपाईको प्रतिक्रिया