Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

वीरगञ्ज, २९ फागुन । पर्सामा सामूहिक रूपमा विष सेवन गरेका तीन मध्ये एक किशोरीको मृत्यु भएको छ । जिल्लाको जिराभवानीपुर गाउँपालिका ४ की संहिता कुमारीको बिष सेवनपछि उपचारका क्रममा भारतको इनर्वामा मृत्यु भएको हो । संहिताको शव पोष्टमार्टमका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आइतबार बेलुका जिराभवानीपुर गाउँपालिकाकै सेढवाका युवक संजय दास थारूले भगाएर लगेका संहिता कुमारीसँगै गएकी १३ वर्षीया मंनीता कुमारीसहित तीनैजनाले सोमबार बिहान सामूहिक रूपमा बिष सेवन गरेको खुलेपछि भारतको इनर्वामा उपचारको लागि लगिएकोमा, संजिता कुमारीको भने उतै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले बताए ।

संजय दास थारूले भगाएकी संहिताकुमारी र संजयको बीचमा प्रेम सम्बन्ध बढ्दै गएको भए पनि संजयकै साथी राज चौधरीसँग निकट रहेकी भनिएकी १३ वर्षीया मंजिता कुमारीले पनि बिष सेवन गर्नुको कारण खुलिनसकेको पर्साका प्रहरी प्रवक्तासमेत रहेका शर्माले बताए । यता संजय दास थारूसँगै ती किशोरीहरूलाई भगाउन पुगेका चार र पाँच जनाको समूहमा आएका युवामध्ये ४ जनालाई भने स्थानीयले नियन्त्रणमा लिएर त्यहाँको प्रहरी चौकीमा बुझाएको प्रहरीले बताएकाे छ । याे समाचार कृष्णउदास खनालले नेपाल समाचार पत्रमा लेखेका छन् ।

पत्रपत्रिकाबाट

 

तपाईको प्रतिक्रिया