Online Bichar
आइतबार, भाद्र २१, २०८३ | Sunday, September 6, 2026

नुवाकोट, २१ भदौ २०८३ । नुवाकोटको देवीघाट बजारको ताँदी नदीमाथि बेलीब्रिज जडान सुरु भएको छ। नेपाली सेनाले शनिबारदेखि जडान सुरु गरेको हो।

रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बुधबार बिहान भीषण बाढीले नदीमा रहेको पक्को पुल बगाएको थियो। पुल जडान भएपछि देवीघाट बजार र जिलिङ जोडिनेछन् । बाढीका कारण भोटेकोशी र त्रिशूली नदीका सबैगरी करिब १०० बटामा क्षति पुगेको थियो।

 

 

तपाईको प्रतिक्रिया