Online Bichar
आइतबार, भाद्र २१, २०८३ | Sunday, September 6, 2026

काठमाडौं, २१ भदौ २०८३ । भदौ १० गते आएको भोटेकोसी बाढीबाट पुरिएको चिलिमे जलविद्युत् आयोजनामा आइतबार पनि उद्धारको कार्य भइरहेको छ ।

आयोजना स्थलमा रहेका नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बाढीले लेदो थुप्रिएको र सफा गर्न निकै कठिन रहेको जानकारी दिए ।

“यहाँ भित्र ३५ मिटर माथिसम्म बाढी गएको भन्ने छ । पस्ने ठाउँमा सबैतिर ठूला ठूला ढुंगा छ । ब्लास्ट गर्न पनि सम्भव देखिएन । एक्स्काभेटरे सफा गरिरहेको छ,” उनले भने, “अहिले ढुंगा फुटाउन एक्स्काभेटर पनि ल्याउने तयारी भएको छ । यसले सफा गर्न केही सहज होला कि ।”

शाक्यका अनुसार उद्धार स्थल निकै अप्ठ्यारो ठाउँमा भएका कारण उद्धारमा कठिनाइ भएको र अझै केही दिन लाग्नेछ ।

 

तपाईको प्रतिक्रिया