Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौँ, २९ फागुन । नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।

महालेखा परीक्षकको कार्यालयले बोर्डको वित्तीय अवस्थाबारे लेखापरीक्षण गर्दा १२ करोड २८ लाख रुपैयाँको बिलभर्पाईको स्रेस्ता नै नभेटेपछि यो तथ्य बाहिर आएको हो ।

महालेखाले स्रेस्ता उपलब्ध गराउन पटकपटक निर्देशन दिए पनि स्रेस्ता हराएको जबाफ दिई बोर्डका अधिकारीले उम्किने प्रयास गर्दै आएका छन् ।

महालेखा परीक्षकको कार्यालयका नायब महालेखापरीक्षक विष्णुप्रसाद रिजालले पर्यटन बोर्डमा चरम आर्थिक अनुशासनहीनता भेटिएको बताए ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया