Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २९ फागुन । सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएको छ । सर्वसाधरणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा मागरे त्रास र्सिजना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा बोलाउँदासमेत नआएपछि सरकारले प्रतिबन्ध लगाउन परेको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले उक्त बैठकमा विप्लव समूहको गलत क्रियाकलाप बन्द गर्न कठोर कदम चाल्नुपर्ने अवस्था र्सिजना भएकाले सरकार चुप लागेर बस्न नहुने बताउनुभएको थियो । याे समाचार नेपाल समाचारपत्रमा लेखेका छन् ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया