Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौँ, २८ फाल्गुन । भक्तपुरबाट हेटौडा आउँदै गरेको जन्ती बस दुर्घटना हुँदा दुई जनाको घनास्थलमै मृत्यु भएको छ । बालाजुका २० वर्षीय विकास धमला र भक्तपुरका ३५ वर्षीय नवराज परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी २८ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

बा ४ ख २ २२१७ नम्बरको जन्ती बस मकवानपुरगढी गाउँपालिकाको सिखर कटेरीमा मंगलबार दिउँसो सडकबाट तल खसेको थियो।

घाइतेहरुको हटौंडामा उपचार भइरहको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया