Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

धरान, २८ फागुन । धरान-९ आचार्य लाइनस्थित घाँटी काटिएको अवस्थामा साइकल पसलेको शव फेला परेको छ ।

पुजा कोठामा घाँटी काटिएको अवस्थामा ३० वर्षीय रितेशप्रसाद देवकाे शव भेटिएको हाे । इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर अशोक कुमार जबेगुका अनुसार मृतक सप्तरीको राजविराज-१३ घर भएका रितेशप्रसाद देव दाजु पुस्करप्रसाद देवसँग धरान-९ स्थित आचार्य लाइनमा साइकल पसल गर्दै आएका थिए । अहिले प्रहरीले घटनास्थलको जाँच गरिरहेको इन्स्पेक्टर जबेगुले बताए ।

देवकाे कानकाे मुनी घाँटीमा धारिलाे हतियारकाे चाेट देखिएकाे छ । उनकाे हातमा हतियार पनि रहेकाे छ । उनका अनुसार हत्या वा आत्महत्या हाे भन्ने बारे अनुसन्धानपछि मात्र पुष्टी हुने जबेगुले बताए । पाेष्टमार्टमकाे लागि धरान वी.पी. काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया