Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २८ फागुन । सतुंगलका स्थानीयले सडक अवरुद्ध गरेका छन् । अत्यधिक धुलो उडेको भन्दै स्थानीय तथा व्यापारीले मूल सडक अवरुद्ध गरेका हुन् ।

सतुंगल–गुर्जुधारा खण्डमा आज बिहान साढे ९ बजेदेखि स्थानीय सडकमा उत्रेका हुन् । अवरोधका कारण थानकोट भएर बाहिर जाने तथा काठमाडौं उपत्यका भित्रिने सवारीसाधनको आवतजावत ठप्प भएको छ ।

सडक विस्तारका क्रममा काम अलपत्र छोड्दा धुलो उडेर जनजीवन प्रभावित भएको तथा व्यापार–व्यवसाय पनि प्रभावित भएको स्थानीय तथा व्यापारीको गुनासो छ ।

स्थानीयका अनुसार उक्त खण्डमा एक वर्षदेखि सडक विस्तारको काम ठप्प छ । मुआब्जालगायत कुनै समस्या नरहेको तथा बाटोमा पर्ने घरटहरासमेत भत्काइसकिएको भए पनि सडक पिच नहुँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्या स्थानीयले भोगिरहेका छन् ।

सडकमा उत्रेका स्थानीयले सडक तत्काल पिच गर्नुपर्ने तथा काम नगर्ने ठेकेदारलाई कारवाही गर्नुपर्ने माग राखेका छन् ।

तपाईको प्रतिक्रिया