Online Bichar
मंगलबार, भाद्र १६, २०८३ | Tuesday, September 1, 2026

झापा, १५ भदौ २०८३ । झापाको बिर्तामोड ८ गरामनीमा हत्कडीसहित चोर फरार भएका छन् । गएराति ११ बजेतिर अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी सहायक निरीक्षक राजकुमार श्रेष्ठ नेतृत्वको प्रहरी टोलीले साइकल चोरी गरेको आरोपमा भद्रपुर १० का सन्देश हस्दालाई पक्राउ गरेको थियो ।

पक्राउ गरेर हत्कडी लगाइसकेर ल्याउँदै गरेको अबस्थामा प्रहरीबाट फुत्किएर हस्दा फरार भएका हुन् । हस्दालाई पक्राउ गरेर प्रहरी चौकी पुर्‍याउनुअगावै उनी भागेका हुन् । उनको खोजी भइरहेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया