झापा, १५ भदौ २०८३ । झापाको बिर्तामोड वडा न.२ चैतुवारीस्थित भित्री पक्की सडकखण्डमा अटो पल्टिँदा तीनजना घाइते भएका छन् । आज बिहान ९बजे चारपानेदेखि राजगढतर्फ जाँदै गरेको मे १ ह ६५५२ न.को अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा अटोमा सवार यात्रुहरु घाइते भएका हुन् ।
घाइते हुनेहरुमा बाह्रदशी वडा न.२ बस्ने बर्ष ८४ का चन्द्रबहादुर श्रेष्ठ (बायाँ हात र कम्मरमा चोट,अबस्था सामान्य), सोही ठाउँ बस्ने बर्ष ५३ का रमेश सोरेन( टाउको,अनुहारमा चोट,अबस्था सामान्य) र इलाम सूर्योदय वडा न.८ घर भई हाल अर्जुनधारा-८ मा डेरा गरी बस्ने बर्ष २८ का संजय भट्टराई (टाउको,निधार र बायाँ हातमा चोट,अबस्था सामान्य) रहेका छन् ।
घाइते तीनै जनाको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी टोली खटिएर अटो र अटो चालक बिर्तामोड वडा न.२ चैतुवारी बस्ने बर्ष ३८ का शम्भु राजवंशीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई राखिएको छ ।






