Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, २८ फागुन । नेपाली कथानक चलचित्र ‘बुलबुल’ नेपाल–अमेरिका फिल्म फेस्टिभलका लागि छनोट भएको छ । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘बुलबुल’ ओपनिङ फिल्मको रुपमा प्रदर्शन हुने भएको छ ।

नेपाल–अमेरिका फिल्म फेस्टिभलको तेस्रो संस्करण जुन २८ देखि ३० तारिखसम्म मेरिल्यान्डमा हुँदैछन् ।

निर्देशक विनोद पौडेलका अनुसार महोत्सव आयोजकले ‘बुलबुल’लाई पहिलो फिल्मको रुपमा समावेश गर्ने छन् । महोत्सवमा मौलिक फिल्मको प्रदर्शनसँगै नेपाली फिल्मका पात्र र प्रवृत्तिमाथि पनि चर्चा गरिँदै आएको छ ।

गत सालको संस्करणमा नविन सुब्बा निर्देशित फिल्म ‘गुडबाई काठमाडौं’ ओपनिङ फिल्मका रुपमा प्रदर्शन भएको थियो ।

तपाईको प्रतिक्रिया