Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

एजेन्सी, २८ फागुन । विश्वव्यापी रुपमा सरसफाइले धेरै गति लिइसकेको भए पनि अझै विश्वका १८७ देशहरुमा धाराको पानी असुरक्षित मानिएको छ।

यसमा विशेषगरी यात्रामा हिँडेका पर्यटकहरु पिउने पानी सम्बन्धी यस नियमसँग राम्रो परिचित हुँदैनन् भनेर होलिडे कम्पनी ‘ग्लोबहन्टर्स’ ले अमेरिकी रोग नियन्त्रण केन्द्रबाट आधिकारिक डाटा संकलन गरी प्रकाशित गरेको छ। जसमा केवल ५७ देशमा मात्र धाराको पानी पिउनका लागि सुरक्षित रहेको पाइएको हो।

तर पनि असुरक्षित रुपमा सूचित गर्नुको अर्थ सो देशको पानी फोहोर वा दूषित नै हुन्छ भन्ने जरुरी नभएको र केवल सिधैं पिउनका लागि मात्र अयोग्य ठहर्‍याइएको कम्पनीको भनाइ छ। अर्जेन्टिना, ब्राजिल, चीन, कोलम्बिया, साइप्रस, हङकङ, भारत, मलेशिया, माल्दिभ्स, मेक्सिको, मोरोक्को, म्यानमार, नेपाल, भूटान, उत्तर कोरिया, पाकिस्तान, फिलिपिन्स, इन्डोनेशिया, श्रीलंका, कतार, रुस, ताइवान, थाइल्यान्ड, टर्की, उरुग्वे, भियतनाम सहित १८६ देशमा धाराको पानी असुरक्षित बताइएको छ।

यी बाहेक जापान, दक्षिण कोरिया, सिंगापूर, अष्ट्रेलिया, बेल्जियम, क्यानडा, चिली, क्रोएसिया, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, हंगेरी, आइसल्यान्ड, इटली, कुवेत, लक्सेम्बर्ग, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे, पोर्चुगल, साउदी अरब, स्पेन, स्वीडेन, स्वीट्जरल्यान्ड, युएइ, बेलायत, अमेरिका लगायत कूल ५७ राष्ट्रहरुमा भने धाराको पानी सिधै पिउन योग्य ठहर गरिएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार वार्षिक आठ लाखभन्दा बढी मानिसहरुको असुरक्षित पानीबाट लाग्ने रोगका कारण मृत्यु हुने गरेको छ। असुरक्षित खानेपानी, सरसफाइमा कमजोरीकै कारण मानिसहरु झाडापखाला, टाइफाइड, पोलियो, हेपटाइटिसलगायतका संक्रमणको शिकार हुने गरेका छन्।

विशेषगरी गरिब देशहरुमा खानेपानीको उचित व्यवस्थपान नहुँदा मानिसहरु नदी, इनारलगायत असुरक्षित श्रोतमा निर्भर रहन बाध्य हुन्छन् जसकै कारण यी खतरनाक रोगहरु निम्तिने गरेको बताइएको छ। यस्तोमा ग्लोबहन्टर्सले पर्यटकहरुलाई सावधानी अपनाउन भनेर सो सूची सार्वजानिक गरेको संचार एजेन्सी डेलीमेलले जनाएको छ। -एजेन्सी

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments