Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौँ, २८ फागुन । काठमाडौँ महानगरपालिकाले सहरभित्र अत्याधुनिक सुविधासहितको ‘स्मार्ट’ शौचालय बनाउने भएको छ । उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बनेको समितिले शौचालयहरुलाई सेनेटरी प्याड, पानी, बत्ती, साबुनको व्यवस्थासहित स्वचालित उपकरणयुक्त बनाउन अन्तिम खाका तयार गरेको छ ।

समिति बैठकले नयाँ बन्ने ५९ र पुराना ५८ शौचालयबारे गरिएका अध्ययन प्रतिवेदनका आधारमा कार्य अघि बढाइएको उपमेयर श्रेष्ठले बताइन् । यो समाचार आजको कान्तिपुर दैनिकमा  राजेन्द्र मानन्धरले लेखेका छन् ।

महानगरभित्रका हरेक सार्वजनिक शौचालयमा सेनेटरी प्याड, पर्याप्त पानी , बत्ती र शौच गर्ने ठाउँ सुविधाजनक हुने जनाइएको छ । नयाँ बन्ने शौचालय धेरै जग्गा भएको स्थानमा महिला, पुरुष र अपागंका लागि फरकफरक निर्माण गरिने उल्लेख छ ।

जग्गा कम भएका स्थानमा संयुक्त ढाँचाको शौचालय बन्ने प्रतिवेदनमा उल्लेख छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया