Online Bichar
शुक्रबार, भाद्र १२, २०८३ | Friday, August 28, 2026

झापा, ११ भदौ २०८३ । सरकारले सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका राखिरहँदा झापाका एकजना बालकमा दादुराको संक्रमण देखिएको छ ।

मेचीनगर नगरपालिका वडा नं ६ काँकडभिट्टाका ११ वर्षीय बालकमा दादुराको संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यसअघि तीन वर्षअघि २०८० माघ २ गते झापा गाउँपालिकाको एउटै गाउँका ६ जनालाई दादुराको संक्रमण देखिएको थियो।

झापा गाउँपालिकाको वडा नं ७ को सन्थाल बस्तीका ६ जनालाई दादुरा देखिएको थियो । त्यसको दुई दिनपछि बिर्तामोडमा दादुराको संक्रमण देखा परेको थियो ।बिर्तामोड ३ की ५ वर्षीया बालिकामा दादुरा देखा परेको थियो । त्यसको अघिल्लो वर्ष सन् २०२३ मा झापामा ६ जनालाई दादुरा देखिएको थियो ।

 

तपाईको प्रतिक्रिया