काठमाडौं, ११ भदौ २०८३ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति मुलुकका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना छ । बिहीबार (भदौ ११) साँझ महाशाखाले यस्तो जानकारी दिएको हो ।
आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपात हुन सक्नेछ ।
त्यस्तै, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही, मधेस प्रदेश र कोसी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्नेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागको एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।






