Online Bichar
बिहिबार, भाद्र ११, २०८३ | Thursday, August 27, 2026

काठमाडौं, ११ भदौ २०८३ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पहिलो ६ घण्टामै २७ करोड ३३ लाख रुपैयाँ बराबर रकम संकलन भएको छ ।

अर्थ मन्त्रालयका अनुसार सबैभन्दा धेरै गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ सहयोग गरेको छ । कुमारी बैंकले ३ करोड प्रदान गरेको छ । एनसेलले १ करोड रुपैयाँ प्रदान गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

एनआईसी एसिया बैंकले २ करोड २१ लाख सहयोग प्रदान गरेको छ । रिलायन्स सुगर मिल तथा केमिकल इण्डष्ट्रिजले १० लाख, शिव शक्ति ग्रुपले ५१ लाख प्रदान गरेको छ ।

निफ्रा बैंकले २ करोड ५० लाख प्रदान गरेको अर्थ मन्त्रालयले जनाएको छ । सारस वेवरेज ९रेडबुल०ले २ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ करोड र नेपाल बैंकले ३ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

मन्त्रालयका अनुसार यो रकम अर्थमन्त्रीलाई हस्तान्तरण भएको रकम हो ।

 

तपाईको प्रतिक्रिया