Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

न्युयोर्क, २८ फागुन । अमेरिकाको न्यूयोर्क राज्य सरकारले दुई सडकको नाम माउन्ट एभरेस्ट नाकाकरण गरेको छ । नेपाल र नेपालीहरुको सम्मानार्थ कुइन्सस्थित ज्याक्सन हाइटको बाटोलाई ‘माउन्ट एभरेस्ट वे’ नामकरण गरेको हो । यसअघि क्यालिफोर्नियाको सान जोसेस्थित माउन्ट एभरेस्ट डिआर नामकरण गरिसकिएको छ ।

न्यूयोर्क राज्य सरकारले एक कार्यक्रमको आयोजना गरी नेपालको बाक्लो बस्ती रहेको ज्याक्सन हाइटस्थित ७५ स्ट्रिटको २५ देखि ३१ एभिन्युसम्मको बाटोलाई माउन्ट एभरेस्ट वे नामाकरण गरेको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

नामकरण कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत डा. अर्जुन कार्की र काउन्सिल म्यान कोस्ट कोन्स्टीडिनेजले संयुक्त रुपमा उद्घाटन गरे ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया