Online Bichar
मंगलबार, भाद्र २५, २०८१ | Tuesday, September 10, 2024

कञ्जनपुर, २८ फागुन । निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा परेका दुई मुद्दाउपर डिएसपीसहित ६ प्रहरीको कञ्चनपुर जिल्ला अदालतमा बयान लिने काम सकिएको छ । सो मुद्दामा बयान सकिएलगत्तै सोमबारदेखि बहस सुरु भएको छ ।

सम्पर्कविहिन रहेका तत्कालीन एस पी डिल्ली विष्ट र सिआईवीका डिएसपी अंगुर जिसीका नाममा अदालतले उपस्थित हुन वारेन्टीसहितको सूचना जारी गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा दिलबहादुर छत्यालले लेखेका छन् ।

कञ्चनपुरमा तत्कालीन प्रहरी प्रमुख एसपी डिल्ली विष्टसहित आठ जनाविरुद्ध सरकारी वकिलको कार्यालयबाट गत बुधबार कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

बिहिबार विहान न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलाशमा भएको प्रारम्भिक सुनुवाइमा मुद्दा अघि बढाउने आदेश भएको थियो । डिएसपी ज्ञानबहादुर सेठीलगायत ६ प्रहरीको बिहिबारदेखि नै अदालतमा बयान लिन सुरु गरिएको थियो ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया