झापा, ७ भदौ २०८३ । झापाको कन्काई नगरपालिकामा लागूऔषध ब्राउन सुगर र गाँजासहित दुईजना पक्राउ परेका छन् । गएराति ९ बजे कन्काई नगरपालिका वडा नं. ५ डाँडागाउँ बस्ने २२ वर्षीय सुमनराज प्रसाई र सोही ठाउँ बस्ने ३० वर्षीय सिताराम तिवारीलाई लागूऔषधसहित पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक रवि राईको कमाण्डमा गएको टोलीले तिवारीको घरबाट उनीहरुलाई प्लास्टिकको ३० पोकामा बेच्न तयार पारेको ६ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर र ३४ ग्राम गाँजासहित पक्राउ गरेको जनाइएको छ ।






