Online Bichar
बिहिबार, भाद्र ०४, २०८३ | Thursday, August 20, 2026

मेचीनगर, ४ भदौ २०८३ । सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३८ रिजर्भ गण हेडक्वार्टर झापा र इलाम तथा मोरङका विभिन्न वन कार्यालयको संयुक्त टोलीले इलामको चुलाचुली गाउँपालिका—६ मा रहेको इलामेली फर्निचर उद्योगबाट अन्दाजी ६ लाख रूपैयाँ मूल्य बराबरका २०० क्यू फिट अबैध साल जातको चिरान काठ ९फेन्टा० बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३८ रिजर्भ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिनेश बस्नेतका अनुसार विशेष सूचनाका आधारमा गणका सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर पौडेलको कमाण्डमा दशजना, सब डिभिजन वन कार्यालय बाह्रकोठे इलामका सहायक पाँचौं तहका कर्मचारी धनीराम सिंहको नेतृत्वमा आठजना , सब डिभिजन वन कार्यालय सुखानी इलामका जम्दार मदनप्रसाद न्यौपानेको कमाण्डमा पाँचजना, सब डिभिजन वन कार्यालय मधुमल्ला मोरङका सहायक छैठौँ तहका कर्मचारी रमेश मगरको कमाण्डमा चारजना र प्रहरी चौकी पेल्टीमारी इलामका प्रहरी निरीक्षक कलित यादवको नेतृत्वमा चार गरि कुल ३१ जनाको टोलीले उक्त परिमाणको काठ बरामद गरेको हो ।

सोमबहादुर विश्वकर्माले सञ्चालन गरेको उक्त फर्निचरमा हिजो दिउँसो १ बजे टोली पुगेको थियो । टोलीले खानतलासी गर्दा अबैध साल जातका चिरान काठ फेला परेको हो । बरामद काठ थप अनुसन्धान र आवश्यक कारवाहीका लागि सब डिभिजन वन कार्यालय बाह्रकोठे इलाममा बुझाउने सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले बताए ।प्रतिदिनबाट

 

तपाईको प्रतिक्रिया