झापा, ४ भदौ २०८३ । जापानको फुकुओकामा अध्ययनरत झापा भद्रपुर ७ अन्जनी मोडकी २५ वर्षीया लक्ष्मी राजवंशी मृत फेला परेकी छिन् । बुधवार बिहान फुकुओकाको नाका नदीमा उनको शव फेला परेको थियो ।
युवती सेन्मोन गाक्कोउकी विद्यार्थी थिइ्न् । उनी बस्ने कोठामा धेरै मात्रामा रगत बगेको र ओछ्यानमा प्रेसर कुकर र चक्कु भेटिएको थियो । जापानको प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको छ । यसैबीच, घटनाको अनुसन्धानका लागि प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ ।






