Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, २७ फागुन । झापाको गौरादहका मेहनती किसानहरुलाई सोमबार बाख्राका पाठा निशुल्क बितरण गरिएको छ ।गौरादह १ मा रहेको उद्यमी कृषि सहकारी संस्थाले संस्थामा आबद्ध शेयर सदस्यहरुलाई बाख्रा बितरण गरेको हो ।

संस्थामा आबद्ध शेयर सदस्य अगुवा किसानहरुलाई आयआर्जन गर्न सहयोग पुर्याउने उदेश्यले १५ जनालाई बाख्रा वितरण गरिएको हो । संस्थाले गत बर्ष पनि १५ जना शेयर सदस्य किसानहरुलाई बाख्रा वितरण गरिएको सहकारीका अध्यक्ष भुपध्वज लुइटेलले जानकारी गराए । संस्थाले यस बर्ष ५२ हजार मुल्य बराबरको उन्नत जातका स्थानीय बाख्रा वितरण गरेको जनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा संविधान सभा सदस्य दिपक कार्कीले संबृद्ध नेपाल र सुखी नेपालीका लागि मेहनत र परिश्रमको आवस्यकता रहेको धारणा राखेका थिए । किसानहरुलाई स्वाबलम्बन बन्न संघसंस्था तथा सरकारी निकायहरुले आवस्यक सहयोग गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा वार्ड नं १ का वार्ड अध्यक्ष नगेन्द्र भण्डारी विशेष अतिथि रहेका थिए । संस्थाका कृषि संयोजक दुर्गा दहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव नेत्र दाहालले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया