Online Bichar
मंगलबार, भाद्र ०२, २०८३ | Tuesday, August 18, 2026

काठमाडौं, २ भदौ २०८३ । मंगलबार अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ तोकेको छ, अघिल्लो दिन पनि यहीं मूल्यमा कारोबार भएको थियो । गत मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ थियो ।

चाँदीको भाउ आज तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ७७० रुपैयाँ रहेको चाँदी आज ४ हजार ७५५ रुपैयाँ कायम भएको छ । गत मंगलबार चाँदीको भाउ प्रतितोला ४ हजार ७८० रुपैयाँ थियो ।

 

तपाईको प्रतिक्रिया