हेटौंडा, २ भदौ २०८३ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा घाइते भएका ६ मध्ये एकजनाको मृत्यु भएको छ ।
४९ वर्षीया लक्ष्मी बडुको मृत्यु भएको प्रहरीले जनाएको छ । छाउनी अस्पतालमा उपचाररत लक्ष्मीको बिहान १०ः२९ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा स्कार्पियो चालक दाङको राप्ती नगरपालिका–८ बस्ने करिब ३२ वर्षीय छुनिलाल चौधरी, दाङको तुलसीपुर उपमहानगरपालिका–९ बस्ने उच्च अदालत वीरगन्ज पर्साका ५७ वर्षीय मुख्य न्यायाधीश गोकर्ण डाँगी घाइते भएका थिए ।
दुर्घटनामा अदालतका रजिस्ट्रार बैतडीको दशरथचन्द नगरपालिका–७ सुर्काल बस्ने करिब ५१ वर्षीय तारादत्त बडु, उनका छोरा २५ वर्षीय रितेन्द्र बडु र दिदी ३१ वर्षीया रिता बडु घाइते भएका छन् ।
मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगन्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो ।






