Online Bichar
मंगलबार, भाद्र ०२, २०८३ | Tuesday, August 18, 2026

झापा, २ भदौ २०८३ । झापाको बिर्तामोड ३ सैनिकमोडस्थित मेची आँखा अस्पतालनजिक रहेको एक होटलबाट लागूऔषधसहित एकजना भारतीय पक्राउ परेका छन् । हिजो दिउँसो १:४५ बजे विशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी सहायक निरीक्षक नरबहादुर गौतमको कमाण्डमा खटिएको प्रहरी टोलीले उमानन्द होटल एण्ड लजबाट भारत बिहार सुपौल जिल्ला भीमपुर बालुवाबजारका मोहमद तोहिदलाई लागूऔषधसहित पक्राउ गरेको हो । उनको साथबाट ५ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका– १ का ४९ बर्षीय सुन्दरलाल चौधरी गाँजासहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय हरैचाले उनकै घरबाट ३ किलो ७६० ग्राम गाँजा र नगद २ लाख ७१ हजार सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया