Online Bichar
सोमबार, भाद्र ०१, २०८३ | Monday, August 17, 2026

झापा, ३१ साउन २०८३ । १३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगरसहित झापाको बाह्रदशीमा तीनजना पक्राउ परेका छन् । आज लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बाह्रदशी गाउँपालिका वडा नं. ३ बाट ब्राउन सुगर खरिद विक्री गर्दै गरेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा झापा कचनकवल वडा नं. १ ठेगाना भएका २० वर्षीय प्रकाश हरिजन,बाह्रदशी वडा नं. ३ बस्ने २१ वर्षीय मनिस राजवंशी र सोही ठाउँका २३ वर्षीय फागुलाल राजवंशी रहेका छन् ।

उनीहरुको साथबाट १३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगर , एक थान डिजिटल तराजु र दुई थान मोबाइल बरामद भएको छ । तीनै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ ।

 

तपाईको प्रतिक्रिया