Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौ, २७ फागुन । भारतीय निर्वाचन आयोगले करिव डेढ महिना लामो लोकसभा निर्वाचनको मिति घोषणा गरेको छ । आइतवार आयोगले सात चरणमा निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सात चरणको निर्वाचनको मतदान आगामी चैत २८ देखि शुरु हुने र जेठ ५ गतेसम्म जारी रहने आयोगले आइतवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

दोस्रो चरणको मतदान बैशाख ५, तेस्रो चरण बैशाख १०, चौथो चरण बैशाख १६, पाँचौ बैशाख २३, छैठौ बैशाख २९ र सातौ चरणको मतदान जेठ ५ गते हुने आयोगले जनाएको छ ।

लोकसभामा ५ सय ४५ सिट मध्ये ५ सय ४३ सिटका लागि निर्वाचन हुन लागेको हो । सबै क्षेत्रको निर्वाचनको परिणाम एकै पटक जेठ ९ गते सार्वजनिक हुने बताइएको छ ।

आयोगका अनुसार कर्नाटक, मणिपुर, राजस्थान, त्रिपुरा राज्यमा दुई चरणमा, आसाम र छत्तिसगढ राज्यमा तीन चरणमा निर्वाचन हुँने भएको छ । यो निर्वाचन भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र प्रमुख प्रतिपक्षी दल कँग्रेस आई दुवै दलका लागि अग्नी परीक्षाका रुपमा लिइएको छ ।

चुनावी प्रतिस्पर्धामा होमिएका दलले बहुमतका लागि २ सय ७२ सिट प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया