Online Bichar
शनिबार, साउन ३०, २०८३ | Saturday, August 15, 2026

काठमाडौं, २९ साउन २०८३ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले इतिहासबाट पाठ सिकेर गन्तव्य पहिल्याउन सकेमात्रै सहि बाटो पहिल्याउन सकिने बताएका छन् ।

शुक्रबारबाट सुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हामीले हाम्रो इतिहासबाट पाठ सिकेर गन्तव्य पहिल्याउन सकेमात्रै सहि बाटो पहिल्याउन सकिन्छ,’ देउवाले भने ।

अहिले देश संवेदनशील अवस्थामा रहेको भन्दै समाजका निराशालाई आशामा बदल्नुपर्ने दायित्व कांग्रेसले लिनुपर्ने बताए ।

‘संवेदनशील अवस्थामा नेपाली कांग्रेसका सबै साथीहरूले सजक भएर राष्ट्रिय एकता कायम गर्न लोकतन्त्रलाई सुदृढ गर्ने भूमिका खेल्नुपर्ने हुन्छ,’ उनले भने, ‘समाजमा अहिले पनि निराशा देखिएको छ । निराशालाई आशामा बदल्नुपर्ने हुन्छ । यो दायित्व पनि नेपाली कांग्रेसले लिनुपर्ने हुन्छ ।’

 

तपाईको प्रतिक्रिया