Online Bichar
सोमबार, आश्विन २६, २०८३ | Monday, October 12, 2026

काठमाडौं, २९ साउन २०८३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि गृह जिल्ला झापा जाने भएका छन्।

नेताहरुका अनुसार ‘मिसन पार्टी जागरण’ कार्यक्रम उद्घाटनका निम्ति झापा जान लागेका हुन्। पर्सि, आइतबार साढे १२ बजे बिर्तामोडमा झापा एमालेले जागरण अभियान शुरु गर्दैछ ।

तर एक दिन पहिले नै ओली झापा जान लागेका हुन्। ‘भोलि १० बजे झापा आउने कार्यक्रम छ,’ एमाले नेता रविन कोइरालाले भने, ‘आदिवासी जनजाति महासंघको कार्यक्रम भएकाले एक दिन अघि नै आउन लाग्नु भएको हो।’ एमालेले जिल्लाजिल्लाबाट मिसन पार्टी जागरण अभियान चलाइरहेका छन्। अन्य जिल्लामा महासचिव शंकर पोखरेल लगायत नेताहरुले उद्घाटन गरेका थिए।

ओलीका गृह जिल्ला भएकाले झापामा भने उनलाई प्रमुख अतिथि बनाएर अभियानको उद्घाटन हुँदैछ।

तपाईको प्रतिक्रिया