Online Bichar
बिहिबार, साउन २८, २०८३ | Thursday, August 13, 2026

काठमाडौं, २८ साउन २०८३ । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई तीन दिन म्याद थप गरेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीकाअनुसार जिल्ला अदालतबाट तीन दिनको थुना म्याद दिएर श्रेष्ठलाई काठमाडौं प्रहरी परिसर लगिएको छ । यसैबीच पत्रकार श्रेष्ठको परिवारले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएको छ ।

तपाईको प्रतिक्रिया