Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

काठमाडौँ, २७ फागुन । नेपाली सेनाले काठमाडौँ तराई द्रूत मार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रितिवेदन (डीपीआर) यसै साता सरकारलाई बुझाउने भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

नेपाली सेनाको द्रूत मार्ग परियोजना प्रमुख योगेन्द्र खाँडले कोरियाली कम्पनी योसिन र पेङ्गवाले तयार पारेर परियोजनालाई बुझाएको प्रतिवेदनको अन्तिम रूप दिने काम भइरहेको बताउँदै मन्त्रिपरिषद्बाट पारितका लागि सरकारलाई यसै हप्ता सो प्रतिवेदन बुझाउने बताए ।

प्रतिवेदन मन्त्रिपरिषद्बाट पारित भएसँगै सेनालाई निर्माणको काम द्रूत गतिमा अगाडि बढाउन बाटो खुल्ने र निर्माणको कामले अझै गति लिने उनले बताए । यस अघि प्रारम्भिक विस्तृत परियोजना प्रितिवेदन फेब्रुअरी महिनामा नेपाली सेनाको मुख्यालयम बुझाइएको थियो ।

सरकारले यो प्रतिवेदन अनुमोदन गर्ने बित्तिकै सेनालाई सुरुङ्ग, पुल जस्ता ठूला निर्माण कार्य अगाडि बढाउन सहज हुने उनले बताए ।

उक्त परियोजना कार्यालयले केही प्राविधिक विषय र सरकारले दिएको कार्यादेश अनुसार डीपीआरको आवश्यक अध्ययन गरी सकेको र कम्पनीले दिएको प्रारम्भिक प्रतिवेदनलाई नै केही सामान्य सुझाव बाहेक खासै परिवर्तन नगरेको पनि प्रमुख खाँडले बताए ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया