पाँचथर, २७ साउन २०८३ । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा फाल्गुनन्द गाउँपालिका–६ वसाँगुका ३० वर्षीय दीप लिम्बू (काङश्वरहाङ) रहेका छन्।
बुधवार दिउँसो स्थानीय शम्सेर आङदेम्बेको शौचालय निर्माण गर्ने क्रममा लिम्बूलाई करेन्ट लागेको हो। शौचालय नजिकै रहेको विद्युत् ट्रान्सफर्मरबाट तार लत्रिएको अवस्थामा रहेको र पिलर राख्ने क्रममा उक्त तार छोएपछि उनलाई करेन्ट लागेको स्थानीयले बताएका छन्।
करेन्ट लागे लगत्तै लिम्बूको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।






