Online Bichar
बुधबार, साउन २७, २०८३ | Wednesday, August 12, 2026

झापा, २७ साउन २०८३ । झापाको बिर्तामोड नगरपालिका–२ स्थित पशुपति भेनियर उद्योग छेउमा सोही उद्योगका कामदार मृत अवस्थामा फेला परेका छन्।

आज बिहान १० बजेतिर इलाम देउमाई नगरपालिका ९ घर भई सोही पशुपति भेनियर उद्योगमा काम गर्ने कामदार वर्ष अन्दाजी ४० का अर्जुन मगर मृत फेला परेका हुन् ।उनको मृत्युको कारण खुल्न सकेको छैन । उनी हिलोमा मृत फेला परेका थिए । घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जनाइएको छ।

 

तपाईको प्रतिक्रिया