Online Bichar
बिहिबार, साउन २८, २०८३ | Thursday, August 13, 2026

झापा, २७ साउन २०८३ । झापाको दमकबाट एक लागूऔषध कारोबारी पक्राउ परेका छन् । गएराति ९ बजे दमक नगरपालिका-२ का २९ वर्षीय सन्तोष थापाले लागूऔषधको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव निरीक्षक खगेन्द्र डाँगीको कमान्डमा सादा पोसाकमा प्रहरी टोली खटिएको थियो ।

थापाको कोठाभित्र तलासी गर्दा प्लास्टिकको स–सानो पोका पारी लुकाई राखेको अवस्थामा प्लास्टिकसहित १० ग्राम ९२० मिलिग्राम र प्लास्टिकबाहेक ६ ग्राम १७० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु, नगद १४ हजार ५०० रुपैयाँ फेला परेको थियो । थापालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया