Online Bichar
मंगलबार, साउन २६, २०८३ | Tuesday, August 11, 2026

काठमाडौं, २६ साउन २०८३ । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको भव्य स्वागत गर्ने तयारी गरेको छ । यही साउन २८ गते स्वदेश फर्कन लागेका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी गरेको नेता एनपी साउदले जानकारी दिए ।

देउवालाई करिब पाँच हजार नेता–कार्यकर्ताको स्वागत र धुम्बाराहीस्थित निवाससम्म ‘स्कर्टिङ’ गर्ने तयारी रहेको उनले बताए ।

इतर समूहको राष्ट्रिय भेलाका निम्ति उपत्यकाबाहिरबाट आउने र काठमाडौंमा रहने प्रजातन्त्रवादीले विमानस्थलमै पुगेर देउवाको स्वागत गर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया