Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

अनलाइन विचार, २६ फागुन । पछिल्लो समय औषधि खाएर गर्भपतन गराउनेहरु बढेको चिकित्सकहरुले बताएका छन् । कानुनविपरीत जुनसुकै पसलमा बेच्न राखिएको गर्भ तुहाउन प्रयोग गरिने औषधि जथाभाबी खाँदा महिलाहरूको ज्यानै धरापमा परेको छ । औषधिद्वारा गर्भपतन गर्न सरकारले कानुनी मान्यता दिए पनि निगरानी नगर्दा जथाभाबी औषधि खाएर महिला रगताम्मे वा बेहोस भएर अस्पताल आइपुग्ने गरेको स्त्री तथा प्रसुती रोग बिशेषज्ञहरु बताउछन् ।

बजारमा छ्यापछ्याप्ती पाइने गर्भपतनका औषधि गर्भको जाँचै नगरी, कहिले, कसरी खाने र खाएपछि के ‘साइड इफेक्ट’ देखिन्छ भन्नेबारे कुनै परामर्श नगरी बेच्ने गरिएको छ ।

कानुन अनुसार सूचीकृत संस्थाबाट तालिम प्राप्त चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिसमा मात्र त्यस्तो औषधि सेवन गर्नु पर्छ तर त्यसो हुन सकेको छैन । कानुनमा ८ सातासम्मको गर्भलाई औषधिद्वारा तुहाउने अधिकार प्रदान गरिएको छ ।

कतिपय महिलाले औषधि नपाउने डरमा ढाँटेर औषधि किन्छन् । समय लम्बिएको गर्भ तुहाउँदा अत्यधिक रक्त श्राव हुनसक्छ । त्यसबाट ज्यानसमेत जानसक्ने चिकित्सहरु बताउँछन् । ९ हप्ता भित्र को गर्भ हो होइन भनेर पक्का गरेर मात्र राम्रोसंग चिकित्सकले जाँचेर मात्र गर्भपतन को औषधि सेवन गर्नु पर्ने बरिष्ठ स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा जागेशवर गौतम बताउनु हुन्छ ।

गर्भपतनको औषधि आफु खुशी किनेर खानाले यदि पाठेघरमा गर्भ नबसी पाठेघरको नलीमा बसेको छ र त्यो समयमा गर्भपतनको औषधि सेवन गरियो भने पाठेघरको नली फुट्ने र रक्त्श्राप भएर महिलाको ज्यानै जान सक्ने भन्दै जांच नगरिकन गर्भपतनको औषधि नखान चिकित्सकको सुझाब छ ।

चिकित्सकको ‘प्रिस्केप्सन’ बिना गर्भपतनको औषधि दिन मिल्दैन । औषधि पसल सञ्चालनका लागि दिइने अनुमतिपत्र (लाइसेन्स) मा समेत मेडिकलले चिकित्सकको ‘प्रेस्किप्सन’ बिना यो औषधि बेच्न नमिल्ने उल्लेख गरिएको हुन्छ । कानुनी रूपमा स्पष्ट भए पनि यो औषधिको अवैध कारोबार भएको छ ।

बजारमा मनोमानी रूपमा बिक्री भइरहेको गर्भपतनको औषधि नेपाल सरकारका स्वास्थ्य संस्थाबाट निगरानीसहित निःशुल्क वितरण भइरहेको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments