Online Bichar
आइतबार, साउन २४, २०८३ | Sunday, August 9, 2026

झापा, २२ साउन २०८३ । भारतबाट प्रतिबन्धित लागूऔषध लिएर आउँदै गर्दा झापा कमल गाउँपालिकाका एक युवक दक्षिणी सीमा क्षेत्रमा पक्राउ परेका छन् । आज दिउँसो २ बजे झापा गाउँपालिका वडा न.४ टाघनडुब्बामा प्रहरी चौकी टाघनडुब्बाबाट प्रहरी सहायक निरीक्षक कृष्ण गिरीको कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका कमल वडा नं.४ बस्ने २७ वर्षीय रिङ्वाङ लिम्बूलाई पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा उनले कालो प्लाष्टिकले पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिकसहित ३ ग्राम ७३ मिलिग्राम र प्लाष्टिकबाहेक २ ग्राम ६ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई प्रहरी चौकी टाघनडुब्बामा राखिएको थियो । थप अनुसन्धान तथा कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

 

तपाईको प्रतिक्रिया